×
Lagani
Lagani Shiksha gif
अन्तिम दिनसम्म बलेफी हाइड्रोपावरको आईपीओमा पर्‍यो माग भन्दा बढी आवेदन



बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा १९ लाख ९० हजार ९६० कित्ता लागि आवेदन परेको छ ।

सिडिएससी क्लियरिङ लिमिटेडका अनुसार आज  साँझ ५ बजेसम्म ७ हजार ७२७ जना आवेदकबाट रू. १९ करोड ९० लाख ९६ हजार बराबरको  १९ लाख ९० हजार ९६० कित्ता लागि आवेदन परेको हो ।

Lagani Shiksha gif
sharehubapk अन्तिम दिनसम्म बलेफी हाइड्रोपावरको आईपीओमा पर्‍यो माग भन्दा बढी आवेदन

कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशनको लागि छुट्टयाएको आफ्नो जारी पूँजी रु.  एक अर्ब बयासी करोड उनानअसी लाख सत्तरी हजार मध्ये १०%  अर्थात  अठार करोड सताइस लाख सन्तानब्बे हजार बराबर प्रति शेयर अंकित मूल्य रु.१०० दरको १८,२७,९७० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरेको हो।

बाँकी रहेको १० प्रतिशत अर्थात रु अक्षरेपी अठार करोड सताइस लाख सन्तानब्बे हजार बराबरको प्रति शेयर अंकित मूल्य रु.१०० दरको १८,२७,९७० कित्ता साधारण शेयरहरु मध्ये ७३,११९ ( पूर्ण अंकमा परिणत गरे पश्चात) कित्ता अर्थात कुल निष्काशनको ४% शेयर कम्पनीका कर्मचारीहरुलाई र ९१,३९८ (पूर्ण अंकमा परिणत गरे पश्चात) कित्ता अर्थात कुल निष्काशनको ५% शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी १,६६३,४५३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिने छ  ।

उद्योग प्रभावित क्षेत्रमा निष्काशन गर्दा यस कम्पनीको वाताबरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिका वडा नं. २, ३ र ४ (साविककोगोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १०,९६,७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाको वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ र ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७,३१,१८८ कित्ता हुने गरी शेयर निष्कासन गरिने छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस