×
भोलि देशभर सार्वजनिक बिदा  , शेयर बजार खुल्छ कि खुल्दैन ?



भोलि नारि दिवसको अवसरमा देश भर सार्वजनिक विदा दिइएको छ।

गृह मन्त्रालयले प्रकासन गरेको सम्वत् २०७८ सालमा दिइने सार्वजनिक बिदाहरु को  सुचिमा महिला दिवसपनि रहेको छ।  नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।

नेप्सेले पनि भोलि महिला दिवसको अवसरमा सार्बजनिक बिदा भएको कारण शेयर बजार नखुल्ने जनाएको छ।

गृह मन्त्रालयले प्राकासन गरेको बिदाको सुची बाट

नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस