×
Lagani
Lagani Shiksha gif
बोर्ड अध्यक्ष हमालले भने एक डेढ महिनाभित्रै सबै कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिन्छौ



नवनियुक्त बोर्ड अध्यक्ष  रमेश कुमार हमालले  डेढ महिनाभित्रै सबै कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिने बताएका छन् ।

नेपाल सरकार, मन्त्रीपरिषदको मिति २०७८/११/०५ बिहीबारको निर्णयानुसार बोर्ड अध्यक्षमा नियुक्त भएका हमालले बोर्डद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारहरू सँग  भने, ” आईपीओ प्रकृया राेकिँदा कम्पनीलाई पनि घाटा भएको छ ।  यदि सबै प्रकृया पुरा भएको छ भने त्यसलाई हामी धेरै दिन लगाउदैनौँ दुई तीन दिनभित्रैमा स्विकृती दिन्छौँ । कुनै दोश्रो चरणमा पुगेका छन् भने जस्तो हामीले केही पत्राचार गर्यौँ उताबाट डिटेल आएको छैन भने त्यो चेक गर्न बाँकी छ । त्यसरी अहिले हामीले वर्गिकरण गरिरहेका छौँ ।”

Lagani Shiksha gif

त्यस्तै उनले साधारण सेयर ( आईपीओ )  मात्रै नभएर पाइपलाइनमा रहेका राइट सेयर र डिबेञ्चरहरूलाइ पनि पालै पालो अनुमति दिने बताएका छन् ।

त्यस्तै उनले सम्पूर्ण लगानीकर्ताहरूको गुनासो सुन्नलाई एप निर्माण गर्ने बताएका छन् जसमा आफुले पेस गरेको गुनासोको प्रकृया कहाँ पुग्याे भन्ने सबै कुराकाे जानकारी लगानीकर्ताले पाउन सक्ने छन।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार अहिले २६ ओटा कम्पनी आईपीओ निष्कासन गर्न स्वीकृतिको पर्खाइमा रहेका छन् । आईपीओ निष्कासन गर्न निवेदन दिएका २६ ओटा कम्पनीमध्ये २० ओटा हाइड्रोपावर कम्पनी रहेका छन भने  तीन ओटा लघुवित्त कम्पनी, दुुई ओटा इन्स्योरेन्स कम्पनी र एउटा अन्य समूहको कम्पनी रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस