AVYAN 698.2 3.2 TRH 727 -3.1 CMF1 8.9 0.02 CORBL 442 6.1 PBD88 1017 9 MLBBL 1068 -19 HEI 578.5 2.4 GUFL 823 -5.5 HRL 606.5 -6.7 NTC 832 -4 JALPA 1275 25 GRDBL 388.5 10.5 SLBBL 672 0 SHLB 1321 58.2 SAEF 9.98 0.17 NIFRA 201.8 -2.2 LSL 150.9 -1.9 MCHL 410 27 UMHL 251 3.8 BNHC 475 -9.3 NMBMF 605 -10 MANDU 766 -49 KLBSL 884.9 -5.1 SMJC 382.5 -5.4 KBL 135.1 -1.8 HDL 1481 -7 EBLD85 1070 15 RFPL 383.2 -10.8 GBBL 364 -1.9 RSDC 615 -3.8 RMF1 7.86 0.14 KKHC 228 -18.3 LEC 185 -7 NICLBSL 662 -5 SMFBS 1161.2 -57.8 CKHL 554 0.1 LVF2 7.91 -0.09 AKJCL 211 -3 PPL 632 -8.4 LBBLD89 1080 20
×
यसरी राखिन्छ समुद्री आँधीको नाम



समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं ठाडो हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन् । आज यहाँ आँधीले पु¥याउने क्षति भन्दा पनि आँधीको नाम कसरी राखिन्छ भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।

आँधीको पहिचान, त्यसले पु¥याउने क्षति र निश्चित आँधीसँग सम्बन्धित विषय सम्झनाका लागि लामो समयदेखि यसको नामाकरण गर्ने अभ्यास छ । आँधीको नामकरण गर्दा निश्चित साइक्लोनबारे रिपोर्ट गर्न र समुदायलाई तयार हुन सजिलो हुने विज्ञहरू बताउँछन् । यति आक्षांश र देशान्तरमा यसरी हावाहुरी आउँदैछ भन्नु भन्दा पनि त्यसलाई निश्चित नामले सम्बोधन गर्दा सहज हुन्छ ।

सुरूवाती दिनमा आँधीको नाम जथाभावी राखिन्थ्यो । सन् १९५० को मध्येदेखि आँधीको नाम राख्ने प्रचलन सुरू भएको हो । सुरूमा महिलाको नामबाट आँधीको नाम राखिन्थ्यो । विस्तारै जलवायु तथा मौसमविद्ले अक्षरको बर्णअनुसार नाम राख्न थाले ।

जस्तै पहिलो पटक आउने आँधीको नाम ए बाट राख्न थालियो । अर्को पटक आउने आँधीलाई बीबाट नामाकरण गरियो । यस्तो नामकरण सम्बन्धित क्षेत्रका राष्ट्रिय हुरिकेन सेन्टरले गर्छन् । र, ती सेन्टर विश्व जलवायु संगठन (डब्लुएमओ ) को अन्तराष्ट्रिय समितिबाट निरन्तर अपडेट हुन्छन् ।

सन् १९७९ पछि पहिलो पटक आँधीमा महिलाको नाम राखिन थालिएको थियो । सामान्यतया आँधीका लागि ६ ओटा नाम ‘रोटेसन’ का आधारमा राखिन्छ । तसर्थ, सन् २०१९ मा राखिएको नाम सन् २०२५ पछि पुनः राखिन्छ ।

तर, कुनै आँधी विनाशकारी छ भने त्यसको नाम दोहोरिदैन् । त्यसको सट्टामा अर्को नाम रहन्छ । विनाशकारी आँधी आएमा डब्लुएमओ को ट्रोपिकल साइक्लोन कमिटीको वार्षिक वैठकले सो नाम सूचीबाट हटाउँछ र अर्को नाम राख्छ ।

आँधीका कुख्यात नाम जस्तै म्याङहट (सन् २०१८ मा फिलिपिन्समा), इर्मा एन्ड म्यारिया (सन् २०१७ मा क्यारिवियनमा), हायन (सन् २०१३ मा फिलिपिन्समा), स्यान्डी (सन् २०१२ मा अमेरिकामा ) क्याट्रिना (सन् २००५ मा अमेरिकामा) , मिच (सन् १९९८ मा होन्डुरसमा) र ट्रेसी (सन् १९४७ मा डार्विनमा ) को नाम सूचीबाट हटाइएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस