×
हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन अवरुद्ध



हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित नेपाल टेलिकमको टावर एक महिनादेखि बिग्रिएका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । दसैँ, तिहार जस्तो समयमा पनि टेलिकमले टावर नबनाउँदा हजारौं सेवाग्राही सञ्चार सुविधाबाट बन्चित भएका छन् ।

सिमकोट गाउँपालिका वडा नम्बर १ देखि ३ र खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार सुविधाबाट बन्चित भएका हुन् । २ देखि २२ भदौसम्म हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरित विद्युत् सेवा अवरुद्ध भएकाले वडा नम्बर ३ बरगाउँमा रहेको टावरले काम गर्न छाडेको स्थानीय हेमन्त बोहराले बताए ।

बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर चल्ने नत्र काम नगर्ने स्थानीयको भनाइ छ । उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य उर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोध समेत गरेका छन् ।
अहिले जिल्लामा सेवाग्राही सञ्चार सुविधाबाट बञ्चित नहुन भनेर जेनेरेटर चलाएर केही सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस