×
Lagani
Lagani Shiksha gif
लुम्बिनी प्रदेश सरकारले ल्यायो करिब ४१ अर्बको नयाँ बजेट



लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत बुधबारको प्रदेशसभा बैठकमा नयाँ बजेट सार्वजनिक गरेका हुन् ।

प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले बजेट पेस गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk लुम्बिनी प्रदेश सरकारले ल्यायो करिब ४१ अर्बको नयाँ बजेट

प्रस्तुत बजेटमध्ये चालूतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रतिशतका आधारमा कुल बजेटको ३३ दशमलव ३१ प्रतिशत चालू खर्चतर्फ र ५४ दशमलव ८७ प्रतिशत पुँजीगततर्फ रहेको छ । त्यसबाहेक ११ दशमलव ८२ प्रतिशत अर्थात् चार अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहुसाँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापनालगायतका नयाँ कार्यक्रम समेटिएका छन् ।

बुधबार दिउँसो १ बजे बसेको प्रदेशसभाको आठौँ बैठकमा सरकारले एमालेको अवरोधका बीच प्रतिस्थापन विधेयक ल्याएको थियो । त्यसपछि अपराह्न ४ बजे बसेको प्रदेशसभाको नवौँ बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस