×
Lagani
Lagani Shiksha gif
खुम्बुमा पर्यटकको चलहपहल बढेसँगै व्यवसायी उत्साहित



संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै व्यववसायी उत्साहित बनेका छन् ।लामो समयदेखि कोभिड– १९ को मारमा परेका खुम्बुका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका हुन् ।

पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले आफुहरू उत्साहित भएको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए । खुम्बुमा भदौ अन्तिमदेखि कात्तिकसम्म पर्यटकीय मौसम मानिन्छ ।

Lagani Shiksha gif
sharehubapk खुम्बुमा पर्यटकको चलहपहल बढेसँगै व्यवसायी उत्साहित

गतवर्ष स्प्रिङ सिजनमा फाटफुट पर्यटक आए पनि कोरोनाको दोस्रो लहरले पुनः प्रभावित बनाएको थियो । कोभिडका कारण दुई वर्ष यता पर्यटक आवगमन ठप्प जस्तै बनेको खुम्बुमा यसवर्ष सुरुवातै चरणबाटै पर्यटक आउन थालेकाले व्यवसायीहरू खुसी भएको लुक्लाका तेम्बा शेर्पाको भनाइ छ ।

उनका अनुसार सिजनको सुरुवाती चरणको पर्यटकलाई हेर्ने हो भने यसवर्ष तीन गुणाले पर्यटन भित्रिने आशा व्यवसायीमा छ । हाल आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक १५ देखि ६० जनाको हराहरीमा खुम्बु भित्रिने गरेकोे गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस