×
Lagani
Lagani Shiksha gif
भोलि निष्कासन हुदै ९० करोड रुपैयाँ बराबरको आईपीओ , कति दिने आवेदन ?



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेर  बाँडफाँट सकेको मध्य भोटेकोशीले यहि असोज २० गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

Lagani Shiksha gif
sharehubapk भोलि निष्कासन हुदै ९० करोड रुपैयाँ बराबरको आईपीओ , कति दिने आवेदन ?

कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।कम्पनीले सर्वसाधारणको लागि ९० लाख कित्ता निस्कासन गर्न लागेको हो।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार हि असोज २० गतेदेखि असोज २५ गतेसम्म  सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। आवेदन दिदा न्यूनतम १० लित्ता दिदा नै काफी हुनेछ।

निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।  सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस