सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो ।
तीव्र उचारढवाका बिच नेप्से परिसूचक ३ हजार १ सय ११ दशमलव ०९अंकमा पुगेको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहगत सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन्। आज नेप्से सूचक २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा आइपुगेको छ ।
आज कारोबार सुरु भएलगतै ११ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३१ कम्पनिका लगानीकर्ताले नाफा कमाएका छन् भने ४७ कम्पनि हिजको तुलनामा घटेको छ। सबैभन्दा धेरै बढ्ने कम्पनीमा जलविद्युत कम्पनि रहेका छन्।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















