×
“डालो” क्विज एप सार्बजनिक , घरमै बसी क्विज खेलेर पैसा कमाउन सकिने



एलको कम्पनीले ‘डालो‘ नामक क्विज एप सार्वजनिक गरेको छ। जसबाट अब घरमै बसी क्विज खेलेर पैसा कमाउन सकिने छ।

एलको कम्पनीका निर्देशक उज्जवल खनालले जानकारी दिए अनुसार ‘डालो‘ एक विषयमा केन्द्रित नभएर कयौं विषयमा केन्द्रित रहेर निर्माण गरिएको एप हो।विशेषत प्रश्नोत्तरको खेल हुने यस एपबाट सहि उत्तर मिलाए बापत राम्रो कमाई गर्न सकिने साथसाथै ज्ञान आर्जन गर्न सकिने खनालले बताउनु भयो।

हाल देश कोरोनाको महामारी झेलिरहेको बेला धेरै जागिरे, व्यवसायक व्यक्ति देखि लिएर विद्यार्थीहरु घरमै थन्किएर बस्नु पर्ने अवस्थालाइ मध्यनजर गर्दै समय सदुपयोग गर्न र सोहि समयमा केहि कमाई पनि गर्न सकिने हेतुले ‘डालो’ निर्माण गर्ने सोच बनाएको खनालले जानकारी दिनुभयो। र यस एपको नाम ‘डालो‘ राख्नुको कारण सोध्दा उहाँ भन्नुहुन्छ ‘नेपाली परम्परागत सामानको देशव्यापी रुपमा प्रचार गर्न र नेपाली परम्परा झल्काउन खोजिएको हो।’

हाल यस एपमा १८ वटा फरक फरक वर्ग रहेका छन र आगामी दिनमा अझै नयाँ र उपयोगी वर्ग थप गरिने कम्पनीले जानकारी दिएको छ। विज्ञान र प्रविधि,धर्म/संस्कृति, मनोरञ्जन, स्वास्थ्य र चिकित्सा, सवारीचालक अनुमतिपत्रको लिखित परिक्षामा सोधिने प्रश्न, ईतिहास,राजनीति र संविधान, भूगोल, साहित्य, खेलकुद, अर्थशास्त्र, कृषि, गणित, इन्टरनेट, कम्प्युटर र शिक्षा हाल रहेका वर्ग हुन्। त्यी हरेक वर्गमा हालको लागि १५-१५ वटा श्रेणी छुट्टाइएको छ जुन बढ्दै जानेछ।

यस एपमा क्विज खेली सहि उत्तर मिलाए वापत जम्मा भएको कोइनको आधारमा पैसा आउने छ र सो पैसा इ-सेवा र खल्तीको माध्यमबाट रु १०० पुगेपछि सहज तरिकाले निकाल्न सकिने छ। तर त्यसको लागि एपमार्फत नभएर ‘डालो’ को वेबसाइटमा आफ्नो आइडी लगइन गरेर पैसा निकाल्ने प्रक्रिया गर्नुपर्ने हुन्छ।

त्यसैगरी खनालले जानकारी दिए अनुसार एपबाट भएको आम्दानीबाट २५ प्रतिशत सामाजिक कार्यमा लगाइने छ। यस एपमा लगइन देखि लिएर हरेक कुरा नि:शुल्क छ। र आइडी लगइन गर्दा रेफरल कोड पर्योग गरे वापत रु २ र रेफर गर्नेलाई रु ४ कोइन प्राप्त हुनेछ। ग्रुप ब्याटल, र्यान्डम ब्याटल र कन्टेस्ट प्ले यस एपका विशेष विशेषता हुन्।

यस एप ‘डालो‘ मार्फत लोकसेवा आयोगका विभिन्न परिक्षा, शिक्षा सेवा, बैंकिङ सेवा, सङसंस्था लगायत विभिन्न तहका परिक्षा एवं विद्यालय, +२ तथा क्याम्पस स्तरीय विद्यार्थीहरु र सामान्य ज्ञान प्रति जानकारी राख्न चाहने सम्पूर्ण जिज्ञासु महानुभावहरु साथै ड्राइभीङ्ग लाइसेन्सका परीक्षार्थीहरुका लागि उपयोगी साथै यसले सहयोग पुर्याउने कम्पनीले आशा गरेको छ।

विज्ञान र प्रविधि युक्त वर्तमान युगमा छिन छिनमै परिवर्तन भइरहने तथा वृहत क्षेत्र अगोटेको, सामान्यज्ञानलाई एउटा एपमा समेट्न खोज्नु निश्चय पनि सजिलो कार्य होइन। तथापी धेरैभन्दा धेरै विषयवस्तुलाई सारभूतरुपमा समेटी ‘डालो’ सार्वजनिक गरिएको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस