×
Lagani
Lagani Shiksha gif
भोलिदेखि टुटल र पठाओ पनि चल्ने



उपत्यका प्रशासनले निजी सवारी साधनलाई अनुमति दिएसँगै भोलीबाट टुटल र पठाओ पनि चल्ने भएका छन् । राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले सुरक्षा मापदण्ड अपनाएर मंगलबार देखि सेवा सञ्चालन गर्ने भएका हुन् ।सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्।

आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो।

Lagani Shiksha gif
sharehubapk भोलिदेखि टुटल र पठाओ पनि चल्ने

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्नेतले जानकारी दिनुभयो ।

टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरिसेकेको बताउनुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो।

भोलीदेखि निजी सवारी साथै ट्याक्सी पनि चल्ने भएका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस