×
Lagani
Lagani Shiksha gif
नेप्सेमा एकै दिन दुईवटा रेकर्ड कायम



साताको पहिलो दिन आइतबार नेपालको पुँजीबजारमा दोहोरो रेकर्ड बनेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक २९८३.११ विन्दुमा पुग्दा कारोबार पनि हालसम्मकै बढी १९ अर्ब ५५ करोड नाघेको छ।

यसअघि जेठ २५ गते मंगलबार नेप्से परिसूचक २९६०.१४ विन्दुमा पुगेको थियो। यसैगरी जेठ २३ गते आइतबार १७ अर्ब २७ करोड १७ लाखको कारोबार भएको थियो। आज यी दुवै रेकर्ड ‘ब्रेक’ भएका छन्।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा एकै दिन दुईवटा रेकर्ड कायम

आज नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा कायम भएको हो।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.५४ अंकले बढेर ५३९.४२ विन्दुमा कायम भएको छ।

नेप्सेमा आज कूल २२० वटा कम्पनीका तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर एक लाख ८२ हजार ४३० पटक खरिद-बिक्री भएका थिए।

आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक र सिन्धु विकास बैंकका कारोबारमा सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ४.१५ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस