हाल नेप्सेले नया उचाई कायम गरिरहदा बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने सम्वन्धमा लगानीकर्ता र ब्रोकरहरुबीच विवाद बढेको छ।
लगानीकर्ताहरु बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग गरिरहेका छन् भने धितोपत्र बोर्डबाट यो कुरामा कुनै सकारात्मक संकेत आएको छैन। यो कुरा धेरै पुरानो भएपनि धितोपत्र बोर्डले बजारमा ८० प्रतिशत बढी सेयर हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको रहेको तिनैलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ बढ्छ भनेर जबाफ दिएको थियो।
हाल कारोबार धेरै भएपनि ब्रोकर संख्या निकै कम छ। ब्रोकरको एकलौटी भएको हुनाले लगानीकर्तालाई निकै दुख कम संख्या भएको हुनाले काममा पनि निकै ढिला हुने गर्छ। यहि कुरामा आवाज उठाउदै सामाजिक संजाल फेसबुकमा शिव चन्द्र नामका एक लगानीकर्ताले लेखेका छन्।
उनले ८० करोडको कारोबार हुदा पनि उही ब्रोकरर अहिले १३ अर्बको कारोबार हुदा पनि उही ब्रोकर हुनु गलत हो भन्दै बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्नेमा जोड दिएका छन्।
उनले लेखे “✍️यता हामी ‘अल टाईम हाई’ मा रमाई राख्दा उता हिजोको दिनमा १३ खर्बको बजार पुँजीकरण र दैनिक ८० करोडको कारोबार बाट आज ४० खर्बको बजार पुँजीकरणको साथ १७ अर्ब माथीको कारोबार हुँदा पनि सेयर बजारलाई ५० ब्रोकरकै वरिपरी घुमाई राख्ने नियतका साथ बैंकलाई ब्रोकर को लाईसेन्सको फाईल टेबुल मुनी अड्काई राख्ने नियामक निकाय धितोपत्र बोर्ड नै सेयर बजारको बिकास र बिस्तारको महा-बाधक हो भन्ने कुरामा कुनै दुईमत छैन!साथै लगानिकर्ताबाट कर असुलीमा मात्र बकुल्ले ध्यान केन्द्रीत सरकार पनि यो मामलामा स्वार्थी र गैर जिम्मेवार देखिएको तथ्य घाम झैं छर्लङ छ!
थैन्कु।”
यस्तै यो कुरामा समर्थन जनाउदै अर्का एक लगानीकर्ताले लेखेका छन् “यो बिषयमा धेरै कुरा हुन्छ तर काममा सुन्य प्रगति हुन्छ । अब बैकलाई ब्रोकर लाइसेन्स नदिए सम्म समाजिक सन्जालबाट दबाब सृजना गर्नुपछ ।।” फरक प्रसङ्गमा एक लगानीकर्ताले बजार बढेको बहानामा लगानीकर्तालाई चर्को सुल्क लिने कार्यको बिरोधमा उनले “बजार बढ्यो भन्दैमा हामीले चर्को कमिसन, DP charge, गुण स्तरहीन TMS, नाम मात्रको नियमनकारी निकाय,
आदि कुरा बिर्सनु हुँदैन।
अन्य कुरा यथावत रहेर केवल नेप्से मात्र बढ्ने हो भने यो बुल पछि आउने बियर ईतिहासकै भयङ्कर बियर हुनेछ।” लेखेका छन्।
लगानीकर्ताको हितको लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनु एक राम्रो कदम हुनेछ भने कारोबार गर्दा पनि सजिलो हुने छ।

















