×
Lagani
Lagani Shiksha gif
दोर्दी खोला र मानुषी लघुवित्तले आइपियो जारि गर्ने



लगानिकर्ता बीच आइपियो निकै चर्चाको बिषय बनेको छ। हालचालै सेबोनामा २ वटा कम्पनीले आइपियो निस्कासन गर्न अनुमति माग्दै निवेदन पेस गरेका छन्।

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk दोर्दी खोला र मानुषी लघुवित्तले आइपियो जारि गर्ने

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ।

कम्पनीले शेयर निस्कासन गर्नको लागि २०७८ वैशाख २१ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ।

कम्पनीले शेयर निस्कासन गर्नको लागि २०७८ वैशाख १३ गते साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

दोर्दी खोला मानुषी लघुवित्त

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस