चालू आवको तेस्रो त्रैमाससम्ममा माउण्टेन इनर्जी नेपालले रू. ४ करोड ९९ लाख नाफा कमाएको छ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ४ करोड ९९ लाख नाफा कमाएको छ जुन गत आवको तेस्रो त्रैमासको रू. ५ करोड ५२ लाख नाफाको तुलनामा चालू आवको सोही अवधिमा नाफा ९ दशमलव ५ प्रतिशतले कमि हो।
कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ८३ र प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव ८८ रहेको छ ।गत आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ८ करोड ३५ लाख ५८ हजार रहेकोमा चालू आवकोसोही अवधिमा रू. ६ करोड ८२ लाख ९३ हजारमा सिमित भएको हो ।
चुक्तापूँजी रू. १ अर्ब ९६ करोड ८० लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ३४ करोड ४४ लाख १६ हजार सञ्चित गरेको छ । कम्पनीको हालको बजार मूल्य ७६० प्रति कित्ता रहेको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











