×
Lagani
Lagani Shiksha gif
नागरिक लगानी कोषले साढे ३ लाख कित्ता शेयर बिक्रि गर्दै , कित्ताको १०० मा आवेदन दिन पाहिने।



नागरिक लगानी कोषले शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्न लागेको हो। कम्पनीले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण समूहतर्फको ३५४१५०.०५ कित्ता शेयर बिक्रि नभएर बाँकी रहेको हुँदा बिक्रि गर्न लागेको हो।

शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ । नागरिक लगानी कोषको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले न्यूनतम रु १०० प्रति कित्ता बाट बोलकबोल गर्न सक्ने छन्।

Lagani Shiksha gif

उक्त शेयरहरु खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, सघ, संस्थाहरुले मिति २०७७ साल चैत २ गते भित्र प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने हुन्छ। कम्पनीले शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति २०७७/११/२१ गते र बोलपत्र पेश गर्ने अन्तिम मिति: २०७७/१२/२ गते बैंकिङ समयसम्म तोकेको छ।

कम्पनीले आर्थिक अभियानमा प्रकासन गरेको सुचना यसप्रकार छ।

1614807756 2 नागरिक लगानी कोषले साढे ३ लाख कित्ता शेयर बिक्रि गर्दै , कित्ताको १०० मा आवेदन दिन पाहिने।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस