×
Lagani
Lagani Shiksha gif
डा. गोविन्द केसीले युक्रेनमाथि रुसी आक्रमणको गरे विरोध, भने– पुटिन २१औं शताब्दिको हिटलर



चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २१औं शताब्दिको हिटलरको संज्ञा दिएका छन् ।

पुटिनको निर्देशनमा रुसले बिहीबारबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।  ‘एकाइसौं सताब्दीको हिटलर पुटिन । हिटलर भन्दा पनि क्रुर । संसारभरीका सबैले यसको घोर विरोध, भत्र्सना र रोक्ने प्रयास गर्नु पर्छ,’ डा.केसीले भनेका छन् ।

Lagani Shiksha gif
sharehubapk डा. गोविन्द केसीले युक्रेनमाथि रुसी आक्रमणको गरे विरोध, भने– पुटिन २१औं शताब्दिको हिटलर

आफू प्युठान जानेक्रममा गुल्मी रहेको जनाउँदै उनले आक्रमणको समाचारले आहात भएको बताएका छन् ।

‘रुसले यूक्रेनमाथि गरेको युद्ध अपराधको पराकाष्ठा हिजो राती वीवीसी लगायत विभिन्न  समाचार माध्यमवाट अवगत भयो । एकाइसौं सताब्दीमा यस्तो हुनसक्छ भनेर कल्पना पनि गर्न सकिदैन,’ उनले भनेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस