×
Lagani
Lagani Shiksha gif
एमसीसीको बिरोधमा फेरी नेपाल बन्द हुदै ( सुचना सहित )



नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले एमसीसी संसद्बाट पारित गर्न नहुने भन्दै संघर्षको कार्यक्रम अघि सारेको छ ।

उसले एमसीसीलाई राष्ट्रको हितविपरित रहेको पनि भनेको छ । उक्त पार्टीले राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको मुद्दा अब सोझै दलाल पुँजीवादविरोधी संघर्षको एउटा अनिवार्य मुद्दा बन्न पुगेको पनि उल्लेख गरेको छ ।आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले तत्कालिन संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

Lagani Shiksha gif
sharehubapk एमसीसीको बिरोधमा फेरी नेपाल बन्द हुदै ( सुचना सहित )

उक्त पार्टीले फागुन ४ र ५ गते एमसीसीविरुद्ध ज्ञापनपत्र बुझाउने, फागुन ६ गतेदेखि १० गतेसम्म एमसीसीको विरोधमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सरकारलाई ज्ञापनपत्र बुझाउने, फागुन ११ र १२ गते एमसीसी विरुद्ध व्यापक पर्चा वितरण गर्ने, फागुन १३ गते साँझ मसाल जुलुस तथा पुत्लादहन गर्ने, फागुन १४ र १५ गते संघर्षको बहस तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने र फागुन १६ गते नेपाल बन्द गर्ने रहेको छ।

कार्यक्रममा बोल्दै पार्टीका सचिवालय सदस्य तथा मेची व्युरो ईन्चार्ज राज क्षेत्रीले पार्टीको केन्द्रीय समिति बिस्तारित बैठकबाट पारित १३ बुँदे सैद्धान्तिक प्रतिबद्धता तथा संघर्षका कार्यक्रमहरुबारे प्रकाश पारेका थिए ।

पार्टीले १२ बुँदे सम्झौतालाई व्यापारीक सम्झौताको संज्ञा दिँदै मुठ्ठीभरका सामाजिक ठगहरुले मेजमानी गरेर नेपाली जनताको समाजवादी व्यवस्थामाथि जालसाझी गर्दै दलाल पुँजीवादी व्यवस्था स्विकार गरेर नेपाली जनतालाई दोहोरो शोषणमा पारेको पनि आरोप लगाएको छ ।

‘जनता सामन्ती शोषक र दलाल व्यवस्थाको दोहोरो जाँतो मुनि पिसिएका थिए, फेरि क्रान्तिकारी पार्टीको खोजमा रहे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) खोज्न थाले र जनताको चाहनाबमोजिम हामी अगाडि बढिरहेका छौं’–विज्ञप्तीमा भनिएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका जनसेना प्रमुख कमरेड सन्देशले प्रचण्ड, बैद्य र विप्लव हुँदै सबैले क्रान्तिलाई धोका दिएपछि आफुहरुले पुनः नयाँ पार्टी घोषणा गरेको बताए । ‘हामीले विभिन्न दलालहरुले गरेको देशमाथिको हस्तक्षप, सिमा अतिक्रमण, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरुद्धमा वर्ग संघर्षको कार्यक्रम ल्याएका छौं’–उनले भने ।

IMG 20220215 150007 1538x2048 1 एमसीसीको बिरोधमा फेरी नेपाल बन्द हुदै ( सुचना सहित ) cpn maoist 3 1538x2048 1 एमसीसीको बिरोधमा फेरी नेपाल बन्द हुदै ( सुचना सहित )

cpn maoist 2 1538x2048 1 एमसीसीको बिरोधमा फेरी नेपाल बन्द हुदै ( सुचना सहित )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस