×
राष्ट्रपतिद्वारा ५ सय १३ बन्दीलाई आममाफी



प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीई कैद र सजाय माफी गरेकी हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

प्रजातन्त्र दिवसमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

आज ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस । १०४ वर्षे निरङ्‍कुस, जहानिया, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना भएकाे थियाे ।२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई नेपालले स्थापित र कार्यान्वयन गर्न गरिसकेकाे छ । अर्थात मुलुकमा गणतन्त्र स्थापना भइसकेकाे छ । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट वास्तविक परिवर्तनको अनुभूति जनतालाई गराउनुपर्ने बताएकी छन् ।  ‘हामीले सधैँ स्मरण गर्नुपर्दछ, प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्दछ । हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मान्दछ,’ राष्ट्रपतिले भनेकी छन् ।

उपराष्ट्रपति सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिको संरक्षणमा सबैले जोड दिनुपर्ने बताएका छन् । उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन् ।

प्रधानमन्त्री  २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको  उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

देउवाले भनेका छन्, ‘वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ। राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२-६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।’

mafi 1822022025908 1000x0 1 राष्ट्रपतिद्वारा ५ सय १३ बन्दीलाई आममाफी

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस