×
Lagani
Lagani Shiksha gif
राष्ट्र बैंकले भन्यो : क्रिप्टोकरेन्सी र जोसिएल जस्ता नेटवर्क मार्केटिङको कारोबार गर्नेलाई कारबाही हुन्छ



नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार गैरकानुनि भएको भन्दै त्यस्तो नगर्न साचेक गराएको छ।

राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा व्यवसाय नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै यस्तो कारोबारमा संलग्न रहेको पाइएमा कानूनी कारबाही हुने चेतावनी दिएको छ ।

Lagani Shiksha gif
sharehubapk राष्ट्र बैंकले भन्यो : क्रिप्टोकरेन्सी र जोसिएल जस्ता नेटवर्क मार्केटिङको कारोबार गर्नेलाई कारबाही हुन्छ

छोटो समयमै उच्च प्रतिफल दिने प्रलोभन देखाएर यस्ता कारोबारमा संग्लग्न गराउने अकार्य भइरहेको भन्दै केन्द्रीय बैंकले कारोबार गर्ने, कारोबारमा आबद्ध हुन प्रोत्साहन गर्ने र यससँग जोडिएका व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको हो ।

क्रिप्टोकरेन्सीले  नेपालमा मुद्राको रूपमा मान्यता नपाएको र यसरी लगानी गर्दा सर्वसाधारण ठगिने र देशको रकम अवैधानिक तरिकाले बाहिरिने भएकाले यस्ता कारोबार नगर्न साचेक गराएको छ ।

नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केहिदिन अघि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लुकीछिपी क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनाको गिरोहलाई मिनभवनबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । नेपाल राष्ट्र बैंकले कारोबारका लागि प्रतिबन्ध लगाएको क्रिप्टोकरेन्सी बिट क्वाइनबाट कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीले जनाएको छ । एक महिनामै उनले १६ लाख बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ ।

क्रिप्टोकरेन्सीको कारोबार नेपालमा कानुनविपरीत रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानूनबमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

FXMD Notice Crypto page 001 scaled e1642940820953 राष्ट्र बैंकले भन्यो : क्रिप्टोकरेन्सी र जोसिएल जस्ता नेटवर्क मार्केटिङको कारोबार गर्नेलाई कारबाही हुन्छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
Basanta Limbu
Guest
Basanta Limbu
January 26, 2022 9:22 am

सरकार आफू केही दिन सक्दैन ।जनताले आफ्नो बुद्धि र क्षमताले गरेको आय आर्जनलाईपनी निषेध गर्दैछ ।



ताजा समाचार
लोकप्रिय
सिफारिस