×
Lagani
Lagani Shiksha gif
आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य देखाउनु पर्ने , हराएकाले के गर्ने ?



कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ।

गृह मन्त्रालयले आज शुक्रबार देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो।  यस्तै, सार्वजनिक स्थान (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन पनि भनेको छ।

Lagani Shiksha gif
sharehubapk आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य देखाउनु पर्ने , हराएकाले के गर्ने ?

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेका सिफारिसहरु कार्यान्वयन गर्न भनेको हो।

गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भनेको छ। यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न पनि भनेको छ।

केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ। हराएको खोप कार्ड तीन तरिकाबाट लिनसकिने मन्त्रालयले जनाएको छ।

खोप लगाएको कार्ड हराएको छ भने जुन जिल्लामा खोप लगाएको हो, सोही जिल्लाको स्वास्थ्य कार्यालयमा गएर कोरोना खोप लगाउन सकिन्छ । कोरोना खोप लगाएको रेकर्ड सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा बुझाइने भएकाले सम्बन्धित जिल्लामै गएर नयाँ कार्ड बनाउनु पर्ने छ  ।

हुन त, खोप कार्ड भन्दा पनि कार्डको फोटोलाई अनिवार्य गरिएको छ । त्यसैले कार्ड हराएको भएपनि खोप कार्डको फोटो देखाएर पनि सार्वजनिक सेवा लिन सकिन्छ । तर नयाँ कार्ड नै बनाउनुपर्ने अवस्था भएमा जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गर्नुपर्ने छ  ।

 

CCMC nirnaya 1 आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य देखाउनु पर्ने , हराएकाले के गर्ने ?CCMC nirnaya 2 आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य देखाउनु पर्ने , हराएकाले के गर्ने ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस