×
Nepse Bajar Messenger Channel
दोस्रो त्रैमाससम्म निफ्राले कमायो ४४ करोडभन्दा बढी नाफा, प्रति शेयर आम्दानि कति ?



निफ्राले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४४ करोड २६ लाख ४८ हजार खुद नाफा गरेको छ ।  विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।

बिहीवार सार्वजनिक कम्पनीको सो अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष यो नाफा २५ दशमलव ६६ प्रतिशत बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३५ करोड २२ लाख ५५ हजार यो नाफा गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.५६ प्रतिशत र सञ्चालन मुनाफा २५.५७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ।

कम्पनीको सञ्चालन नाफा यस वर्ष साढे २५ प्रतिशत बढेको छ । गत वर्ष रू. ५० करोड ३६ लाख ३ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. ६३ करोड २३ लाख ५४ हजार पुगेको हो । नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ रुपैयाँ ८७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ४ रुपैयाँ ४३ पैसामा झरेको छ।

हाल कम्पनीको चुक्तापूँजी रू. २० अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ४६ दशमलव ४२ प्रतिशत वृद्धि भई रू. २ अर्ब ८४ करोड ४४ लाख ६ हजार पुगेको छ । कम्पनीले यस वर्ष रू. ३३ करोड ७७ लाख ४९ हजार निक्षेप संलकन गरेको छ भने रू. ७८ करोड कर्जा सापटी लिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको जगेडा कोष ७.५९ प्रतिशत बढेको छ भने निक्षेप तथा सापटी १३३.७५ प्रतिशत र कर्जा ६५.२१ प्रतिशत बढेको छ।

1642649947 दोस्रो त्रैमाससम्म निफ्राले कमायो ४४ करोडभन्दा बढी नाफा, प्रति शेयर आम्दानि कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस