SNLI 456 -8 NMFBS 1330 34 MSHL 640 18 SBIBD86 1060 -1.2 NTC 830 1 HIDCLP 97.9 -1.1 MPFL 436 -8 MLBS 1418 78 SHINE 390 -6.9 USHL 462.1 -7.9 JBLB 1470 90 SHLB 1745.7 158.7 MBJC 290 -4.9 PPCL 230.5 -4.5 GHL 149.3 -0.7 SPC 510.9 -4.1 MHCL 382 -7 DOLTI 406 -5 BHL 318.5 -6.5 SBLD83 1040.1 -2.9 CZBIL 158 -3.9 SHPC 328.8 1.7 HDHPC 133.4 0.3 NHPC 146 -2 HRL 557 -6.1 SGHC 321 -0.9 GWFD83 1220 10 HEI 608 -5 SINDU 384.6 -5.3 RBCLPO 10350 -400 KSY 8.03 -0.08 CBBL 851.9 16.9 MSLB 1280 61 SKBBL 830 18.6 NYADI 287.1 2.1 ICFC 511 -2.2 DORDI 400 -6 MLBBL 1350 60 CKHL 521 -6.9 CCBD88 1052.1 -8.9
×
पृथ्वीनारायण शाहलाई उनको सन्ततिका कामको आधारमा मूल्यांकन गर्नु हुँदैन : गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सन्ततिहरुले गरेको कामको आधारमा पृथ्वीनारायण शाहको मूल्यांकन गर्न नहुने बताएका छन् ।

मंगलबार पृथ्वीजयन्तीको दिन फेसबुकमार्फत थापाले पृथ्वीनारायण शाहकै कारण नेपालको अहिलेको भौगोलिक इकाइ प्राप्त भएको भन्दै उनलाई राष्ट्र निर्माणको पहिलो चरणको कर्ता भनेका छन् ।

‘पृथ्वीनारायण शाहको यो भुमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आवश्यक छैन, न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ’ महामन्त्री थापाले लेखेका छन् ।

पृथ्वीनारायण शाहको अभियानले आधुनिक राज्यका लागि आवश्यक बृहत्तर भौगोलिक इकाइ दिएको भन्दै उनले राष्ट्र निर्माणको पहिलो चरण भौगोलिक एकीकरण नै भएको बताए । ‘भौगोलिक एकीकरणपश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन् । यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन्’ थापाले भनेका छन् ।

उनले अहिलेका घटनाक्रमबाट पृथ्वीनारायण शाहलाई मूल्यांकन गर्नु न्यायसंगत नहुने पनि बताए । ‘हामीले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ’ थापाले भनेका छन्, ‘त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मुल्याङकन गर्नुपर्छ ।’ यो समाचार अनलाइन खबरमा रहेको छ।

राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण :  राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।

आज ३०० औं पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइँयो : 
पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।

पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको थियो  ।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन माग हुँदै आएको छ । तर सरकारीस्तरमा भने बिदाको घोषणा गरिएको छैन । यद्दपी केही स्थानीय तहहरुले भने बिदा दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस