×
Lagani
Lagani Shiksha gif
को होला त नेप्सेको सीईओ ? ३ जनाको नाम छनोट



बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि  प्रतिस्पर्धामा सहभागी मध्ये तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएको छ ।

छनोट समितिले सोमवार तीन जनाको नाम सिफारिस गरेको हो । पाँच जनामध्ये छनोट समितिले रमेश भण्डारी र कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सिफारिस गरेको हो । उक्त पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका थिए ।

Lagani Shiksha gif
sharehubapk को होला त नेप्सेको सीईओ ? ३ जनाको नाम छनोट

यसअघि ११ जना आवेदकहरुबाट पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो ।  अब तीन जनामध्ये एक जनाको सीईओको लागि अन्तिम नाम छनोट हुनेछ । अब उनीहरुको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषद बैठकमा पेश गर्नेछ ।

सरकारले ती मध्ये एक जनालाई आगामी चार वर्षका लागि नेप्सेको सीईओमा नियुक्त गर्नेछ । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएर बाहिरिएका थिए ।

नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा, को – को परे छनोटमा ? बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति  प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उक्त पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । सिफारिस समितिले उक्त पदका लागि आवेदन दिएका ११ जनामध्ये मूल्यांकनका आधारमा उत्कृष्ट पाँच जना छनोट गरिएको बताएको छ ।

छनोट भएका उम्मेदवारहरुमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन् । छनोटमा परेका उम्मेदवारहरुका लागि  आगामी आइतवार कार्यपत्र प्रस्तुतिकरणको मिति तय गरिएको  स्रोतले बताएको छ ।

अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा श्रोतका अनुसार सीईओ पदका लागि यसअघि आवेदन दिनेहरूमा डा रमेशकुमार भण्डारी, प्रबिन पन्दाक, केशव प्रसाद श्रेष्ठ, बद्री प्याकुरेल, निरन्जन फुयाँल, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोबिन्द दुलाल,छविराज पन्त, रमेश घिमिरे र जीवन अमगाइ रहेका छन्।

नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन् ।  समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।  मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई चार वर्षका लागि सीईओ नियुक्ति  गर्ने छ।

बुक विल्डिंग विधिमार्फत प्राथमिक शेयर निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर भित्री कारोबारमार्फत् खरीद गरेको आरोप लागेपछि नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउद राजीनामा दिएर बाहिरिएका थिए ।

उनले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि सरकारले आवेदन खुला गरेको हो । गत भदौ महीनादेखि  बजार सञ्चालक नेप्से तथा पूँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड प्रमुख विहिन छन् ।

नेप्सेको प्रमुख बन्नका लागि अहिले छनौट भएका ती आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् । यो समाचार अभियान दैनिकमा रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस