×
Lagani
Lagani Shiksha gif
बतास समूहको सल्लाहकारमा देखिएकी प्रधानमन्त्री पत्नी आरजु देउवाले भन्छिन मेरो संलग्नता छैन



प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।

बिहीबार प्रेस नोट सार्वजनिक गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् ।

Lagani Shiksha gif
sharehubapk बतास समूहको सल्लाहकारमा देखिएकी प्रधानमन्त्री पत्नी आरजु देउवाले भन्छिन मेरो संलग्नता छैन

‘सञ्चारमाध्यमहरूमा विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्ष भएको छ,’ आरजुले भनेकी छन् ।उनले ग्रामीण महिला विकास तथा एकेता केन्द्र (रुडुक) नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष, नामीको अध्यक्ष, युलियन्स स्कुलको अध्यक्ष तथा ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (ब्लोदान)को संरक्षक रहेको र यी संस्थाबाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन् ।

केही दिनदेखि आरजु बतास समूहको सल्लाहकार रहेको भन्दै समाचार आइरहेका थिए । बतास समूहले नारायणहिटी दरबार संग्रहालयको जग्गामा रेस्टुरेन्ट बनाइरहेको पाइएपछि प्रधानमन्त्री पत्नी आरजु पनि त्यसमा मुछिएकी हुन् ।

271097983 3098468170298932 6070011986235074564 n बतास समूहको सल्लाहकारमा देखिएकी प्रधानमन्त्री पत्नी आरजु देउवाले भन्छिन मेरो संलग्नता छैन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस