×
Lagani
Lagani Shiksha gif
माओवादी नेतृत्व चयन प्रक्रियाका लागि १,७४२ जनाको मतदाता नामावली टाँस गरियो



काठमाडौं, १७ पुस। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २ सय ९९ केन्द्रिय समिति सदस्य चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।

नेपाल प्रज्ञा भवन जारी महाधिवेसनमा सकेसम्म सर्वसम्मत रुपमा केन्द्रिय सदस्य चयन गर्ने प्रयास जारी राखेको बेला निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको हो ।

Lagani Shiksha gif
sharehubapk माओवादी नेतृत्व चयन प्रक्रियाका लागि १,७४२ जनाको मतदाता नामावली टाँस गरियो

केन्द्रिय नेतृत्व देखी प्रदेशस्तरसम्म सहमतिमा केन्द्रिय समिति बनाउने भन्दै पाँच बजेसम्मका लागि स्थगित कार्यक्रमका बिचमा नै मतदाता नामावलीको सुचना टाँस गरिएको हो ।

बहुपदीयमा फर्किएको माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै :  नेकपा माओवादी केन्द्रले मिश्रित निर्वाचन प्रणालीवाट पहिलो पटक नयाँ नेतृत्व चयन गर्दैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ६ दिन देखी जारी महाधिवेसनमा शुक्रवार नयाँ बिद्यान पारित भए लगत्तै मिश्रित निर्वाचन प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गरेको बिद्यान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्णसमानुपातिक प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्नेछ ।  माओवादीको नयाँ केन्द्रिय नेतृत्व अब २ सय ९९ सदस्सीय हुनेछ भने जसमा १५ प्रतिशत मनोनित प्रक्रियावाट आउनेछन ।

यसअघिको १० प्रतिशतलाई बढाएर शुक्रवारवाट मनोनित हुने सदस्यको संख्या ५ प्रतिशत थप गरी १५ पु¥याईएको हो । पुनः बहुपदीय प्रणालीमा फर्केको माओवादीको यस महाधिवेसनले १५ सदस्सीय पदाधिकारी चयन गर्नेछ । जसअनुसार सुरुमा केन्द्रिय समिति चयन हुनेछ भने केन्द्रीय समितिले क्रमशः पोलिट्ब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने योजना माओवादीले सार्वजनिक गरेको छ ।

शुक्रवार पारित नयाँ बिद्यान अनुसार ५० प्रतिशतको पूर्ण समानुपातिकतर्फका लागि युवा, दलित, महिला, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अपांगता भएका ब्यक्ति पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाएको छ । जसमार्फत आजै नेतृत्व चयन गर्नका लागि माओवादी छलफलमा व्यस्त रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस