×
Lagani
Lagani Shiksha gif
सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ



सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ ।

हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ

बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । राष्ट्रबैकले पत्राचार गरेपछि मात्र थहाहा पाएको सञ्चालक समितका अध्यक्ष  डा. अर्जुन बरालले बताए ।

अहिले प्रहरी, सीआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेकोले छानबिनपछि मात्र वास्तविक्ता बाहिर ल्याउन सकिने उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराईले २०७१ सालदेखि बैंकको रेमिटेन्सतर्फ जिएसडि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  प्रमुख भट्टराई, बैंकका सिईओ नविन सुवेदीका फुपूका छोरा हुन् । बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो ।

१ मंसिरदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेबारी दिइएको छ ।  नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकको प्रदेश १ भरिमा ३६ वटा शाखा कार्यालय छन् । बैंकको चार अर्ब ३० करोड निक्षेप छ । काबेली विकास बैक र सप्तकोसीबीच मर्ज भएको थियो ।

सञ्चालक समितिका निर्वमान अध्यक्ष निरौला एमालेका नेतासमेत हुन । उनी विराटनगर महानगरपालिकाका कर्मचारीसमेत हुन् । बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडले मेयर भएको समयमा खाद्यविज्ञका रुपमा उनलाई जागिर दिएको थियो । पछि उनी विराटनगरमा सरुवा भएर आएका थिए ।

बैंकको अध्यक्ष बरालले बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा धरापमा नपर्ने बताए ।  उनले आर्थिक हिनामिनाले तत्काल बैंकको नाफा घट्ने तर पछि कर्मचारीबाट असुल उपर गरेपछि त्यो परिपूर्ति हुने दाबीसमेत गरे । उनले आन्तरिक छानविन समेत गरीरहेको उनले बताए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस