×
Lagani
Lagani Shiksha gif
आफुलाई देखर ओलीको सातो गएको माधव नेपालको दाबी



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी एमाले भएको बताएका छन् ।

पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले आफ्नो पार्टीका लागि प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भएको बताएका हुन् । ‘सबैभन्दा पहिलो र चुरो कुरालाई आत्मसात गर्नुपर्दछ । हामीले विद्रोह गरेको समूह, केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भएको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो ।

Lagani Shiksha gif
sharehubapk आफुलाई देखर ओलीको सातो गएको माधव नेपालको दाबी

उसले हामीलाई शत्रु घोषणा गरेको छ,’ नेपालले भने, ‘हामी सहभागी कुनै कार्यक्रममा जान्न भन्ने ओली संयोगवश कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै पुगे ।  एउटै स्टेजमा बस्न हुने, अरू ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ?’ एमालेले संसदीय मर्यादा पालना नगरेको उनको टिप्पणी छ ।

‘हामी आएपछि संसद्को बैठकमा आएका छैनन् । आउँछन् तर नारा लगाएर जान्छन् । संसदीय मर्यादा पालना गर भन्दै एमालेले नारा लगाउनु हास्यास्पद छ,’ उनले भने । उनले एक भएर अगाडि बढ्दा प्रमुख प्रतिद्वन्द्वीसँग जुध्न सकिने प्रतिक्रिया दिएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संसद्मा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस