×
Lagani
Lagani Shiksha gif
माओवादी नेताले भने : ओलीका कारण एमसीसी पास नहुने भो



नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रमुख विपक्षी दल नेकपा एमालेका कारण अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित नहुने स्थिति आएको टिप्पणी गरेका छन् ।

एमसीसी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि नेता शर्माले यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी पास गर्न ओलीजीले संकट उत्पन्न गराउनुभयो । ओलीजीका कारणले नै एमसीसी पास नहुने भो’ नेता शर्माले अनलाइनखबरसंग भने ।

Lagani Shiksha gif
sharehubapk माओवादी नेताले भने : ओलीका कारण एमसीसी पास नहुने भो

सरकारमा छँदा एमालेले एमसीसी पास गर्न निकै पहल गरेको स्मरण गर्दै नेता शर्माले प्रश्न गरे, ‘एमसीसी पास गराउन सहयोग नगरेको भनेर सभामुखलाई आरोप लगाउने, अपदस्त गर्ने के के गर्नेले सरकारबाट हटिसकेपछि बेइमानीपूर्वक जनताको अगाडि लाज नमानीकन आवाज फेर्ने ?’

एमालेले अन्तर्राष्ट्रिय स्तरमा वर्तमान सरकार कमजोर छ भन्ने देखाउनका लागि एमसीसीका सम्बन्धमा हुने छलफलमा सहभागी नभएको माओवादी नेता शर्माको आरोप छ ।

‘एमसीसीबारे छलफल गरौं भन्दा सर्वदलीय बैठकमा उहाँहरु उपस्थित नभएपछि उहाँहरु नै एमसीसी असफल गराउने प्रयत्नमा हुनुहुन्छ भन्ने देखिन्छ’ नेता शर्माले अनलाइनखबरसँग भने, ‘यो सरकारले एमसीसी पास गर्न सकेन भनेर अन्तर्राष्ट्रिय स्तरमा कमजोर देखाउने प्रयत्न एमालेको ठाउँबाट शुरु भइसकेको छ ।’

अब पनि एमसीसी पास गर्नका लागि एमाले तयार हुनुपर्ने उनको भनाइ छ ।

‘एमसीसी हाम्रो एजेण्डा हो यसलाई पास गर्नुपर्छ भनेर प्रतिपक्षको हैसियतमा दबाव दिनुपर्ने ठाउँमा एमसीसीको मतलब छैन भनेर, एमसीसी पास गर्न दिँदैनौं भन्ने जुन भनिन थालिएको छ त्यो भनाइ बेइमानीपूर्ण छ’ शर्माले भने ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस