×
Lagani
Lagani Shiksha gif
मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य १०० डलर नाघ्यो



मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मे महिनायता पहिलो पटक प्रतिव्यारेल १०० अमेरिकी डलर नाघेको छ । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेपछि तेलको मूल्य तीव्र रूपमा उकालो लागेको हो ।

विश्व बजारको मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अमेरिकाले इरानमाथि सैन्य आक्रमण तीव्र बनाएसँगै पछिल्ला केही दिनदेखि तेलको मूल्य लगातार बढिरहेको छ।

Lagani Shiksha gif
sharehubapk मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

यमनका इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा तेल बोकेका जहाजमाथि आक्रमण गरेपछि अवस्था थप तनावपूर्ण बनेको छ। उक्त आक्रमणले साउदी अरबले होर्मुज जलडमरूमध्यको विकल्पका रूपमा प्रयोग गर्दै आएको महत्वपूर्ण निर्यात मार्गसमेत जोखिममा परेको छ ।

प्राकृतिक ग्यासको मूल्यमा पनि निरन्तर वृद्धि भइरहेको छ। बेलायतमा ग्यासको मापदण्ड मूल्य जुन महिनाको अन्त्यमा प्रतिएकाइ ९८ पेन्स रहेकोमा अहिले बढेर करिब १५० पेन्स पुगेको छ ।

यसअघि अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामपछि तेलको मूल्य घटेर फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गर्नुअघिकै स्तरमा पुगेको थियो। तर युद्धविराम टिक्न नसकेपछि मूल्य फेरि बढ्न थालेको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको नेतृत्व सम्झौता गर्न तयार नभएको बताएका छन्। यसले तनाव तत्काल कम हुने सम्भावना कमजोर बनेको विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार तेलको मूल्यमा आएको वृद्धिले विश्वका धेरै देशमा महँगी थप बढाउन सक्छ। तेल महँगिएसँगै पेट्रोल र डिजेलको मूल्य बढ्ने भएकाले ढुवानी खर्च बढ्छ, जसको असर खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि पर्न सक्छ ।

बेलायतमा जुनसम्मको वार्षिक महँगी दर २.६ प्रतिशतमा झरेको थियो भने अमेरिकामा ३.५ प्रतिशतमा पुगेको थियो। तर मध्यपूर्वको नयाँ तनावका कारण मूल्यवृद्धिको दबाब फेरि बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

अमेरिकामा पनि पेट्रोलको औसत मूल्य पुनः प्रतिग्यालन ४ अमेरिकी डलर नाघेको छ। एक महिनाअघि यो मूल्य ३.९२ डलर रहेको थियो ।

ऊर्जा मूल्य लामो समयसम्म उच्च रहे ब्याजदर घटाउने योजना प्रभावित हुन सक्ने र आवश्यक परे थप वृद्धि गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। यसले घरकर्जा तथा अन्य ऋण लिएका नागरिकमाथि थप आर्थिक भार पर्नेछ ।

बेलायतको केन्द्रीय बैंकले पछिल्ला चार बैठकमा ब्याजदर ३.७५ प्रतिशतमै कायम राखेको छ। क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री पल डेल्सले पनि आगामी बैठकमा ब्याजदर यथावत् रहने सम्भावना प्रबल रहेको बताएका छन्। यद्यपि ऊर्जा मूल्य घट्न थाले अर्को वर्ष ब्याजदर कटौती हुन सक्ने अपेक्षा गरिएको छ।

उता, अमेरिकी केन्द्रीय बैंकका नवनियुक्त अध्यक्ष केभिन वार्शले निरन्तर उच्च महँगी स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनले मूल्य स्थायित्व कायम राख्न आवश्यक कदम चालिने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी नागरिकका लागि ऋणको लागत घटाउन ब्याजदर कम गर्नुपर्नेमा जोड दिँदै आएका छन्। तर अमेरिकी केन्द्रीय बैंकले वार्शको नेतृत्वमा भएको पहिलो बैठकमै ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतको दायरामै यथावत् राखेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस