काठमाडौं, २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले काठमाडौं अब गरिबको सहर नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बालेन्द्र शाह महानगरपालिका प्रमुख भए देखी अहिलेसम्म काठमाडौंमा गरिबहरू अपहेलनामा परेको बताएका हुन ।
‘यो सहर करोडपति र अर्बपतिहरू मात्रै बस्ने बनाउन यो सरकारले थालेको छ, अर्बपति र करोडपतिलाई सरकार चाहिदैन, सरकार त गरिबहरूलाई चाहिएको हो,’ उनले भने, ‘गृहमन्त्री युटयुबका कन्टेन क्रियटर जस्तो देखिएको छ, क्यामेरा अगाडी स्टन्ट गर्नु भन्दा गणेश नेपालीलाई हेलिकोप्टर दिलाएर दिल्ली पठाएको भए उनको ज्यान बच्न सक्थ्यो ।’
उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ ‘कन्टेन क्रियटर’ र ‘स्टन्ट’मा लाग्दा देश अधोगति तिर लागेको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















