नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर तोलाको ५०१५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















