नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ ।
देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्याउन नसक्दा निर्वाचन हुन लागेकाे हाे । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने थियो।
अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए। अब दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला बीच सभापति पदका लागि प्रतिस्पर्धा हुनेछ । कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो ।
भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राे अर्थात शेरबहादुर देउवा र शेखर काेइरालाबीच दाेस्राे चरणकाे चुनाव हुने निश्चित भएकाे हाे ।











