×
Lagani
Lagani Shiksha gif
नबिल बैंकले सुरु ग¥यो नेपाल–भारत डिजिटल रेमिट्यान्स सेवा



काठमाडौं, २५ जेठ । नेपाल र भारतबीच पैसा पठाउने तथा प्राप्त गर्ने प्रक्रिया अब थप सहज हुने भएको छ। नबिल बैंकले सीमापार डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन (पीटूपी) रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ।

नबिल बैंकका अनुसार नयाँ सेवामार्फत ग्राहकहरूले सुरक्षित डिजिटल माध्यमबाट तत्काल रकम पठाउन र प्राप्त गर्न सक्नेछन्।

Lagani Shiksha gif

यसअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका आफन्त तथा साथीभाइलाई सहज रूपमा रकम पठाउन सक्नेछन्। त्यस्तै, नेपाली तथा भारतीय नागरिकहरूले नेपालमा रहेका नबिल बैंकका ग्राहकलाई पनि छिटो र सरल रूपमा पैसा पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो सेवा सीमापार भुक्तानीलाई थप छिटो, सुरक्षित र सहज बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस