काठमाडौं, जेठ १७ । सरकारले निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा स्वास्थ्य संस्थाबाट लिइने सेवामा ३–३ प्रतिशत नयाँ ‘समता शुल्क’ लगाउने व्यवस्था गरेको छ। नयाँ नीतिअनुसार निजी शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीले सेवा शुल्कमा थप ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तिर्नुपर्नेछ भने निजी अस्पताल, क्लिनिकलगायत स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीले ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्नेछ।
सरकारले यी शुल्क आगामी २०८३ साउन १ गतेदेखि लागू गर्ने जनाएको छ। नयाँ व्यवस्थासँगै निजी शिक्षा र स्वास्थ्य सेवाको लागत बढ्ने तथा त्यसको प्रत्यक्ष असर विद्यार्थी, अभिभावक र बिरामीमाथि पर्ने देखिएको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













