×
Lagani
Lagani Shiksha gif
कहिले हुदै छ सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड ?



सोपान फर्मास्युटिकल्स लिमिटेडको साधारण शेयर (आईपीओ) को बाँडफाँड बिहीबार बिहान ९ बजे हुने भएको छ।

यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बाँडफाँडको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ। यस आईपीओमा कुल २९ लाख १४ हजार ४४३ जना सर्वसाधारणले आवेदन दिएका थिए। कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरेको थियो। मागभन्दा निकै बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका बमोजिम गोलाप्रथाबाट शेयर वितरण गरिनेछ।

Lagani Shiksha gif
sharehubapk कहिले हुदै छ सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड ?

कुल आवेदक संख्याको तुलनामा, करिब ३ लाख ४७ हजार ४९० जना आवेदकले मात्र प्रतिव्यक्ति १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। यसको अर्थ, बाँकी रहेका करिब २५ लाख ६६ हजार आवेदकले भने यसपटक शेयर नपाउने सम्भावना देखिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस