×
Lagani
Lagani Shiksha gif
ग्लोबल आईएमई बैक गाईघाट शाखाकाे ग्राहकलाई डिजिटल बैंकिङ अनुशिक्षण



ग्लोबल आईएमई बैक गाईघाट शाखाले आफना ग्राहकहरूलाई बितीय साक्षरता तथा डिजीटल बैंकिङसम्बन्धी अनुशिक्षण दिएका छन ।

बिहीबार होटल टाउन हलमा आयोजित अनुशिक्षणमा सहभागीहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, संस्थागत बैकिङ कारोबारकाबारेमा जानकारी गराइएको हाे ।ग्लोबल आईएमई बैकले आफ्नो ग्लोबल एप्सकाेबारेमा जानकारी दिएकाे हाे । डिजिटल कारोबार गर्दा के-के कुरामा ध्यान दिन पर्ने हो, के-के सुरक्षित राख्नु पर्दछ भनेर जानकारी गराएका थिए ।

Lagani Shiksha gif

मोबाइल बैंकिङ गर्दा कारोबार गर्ने ट्रान्जेसन कोड र खाता सुरक्षित राख्न आग्रह गरेको छ । त्यसैगरी मोबाइल बैकिङ कारोबारबाट एक पटकमा एक लाख, दैनिक दुई लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र कारोबार हुने जानकारी दिइएकाे छ । इन्टरनेट बैंकिङबाट एक पटकमा १० लाख, दैनिक २० लाख र महिनामा ५० लाखको कारोबार गर्न सकिनेछ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस