×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्री बालेन शाहलाई मोदीको भारत भ्रमणको निम्तो, थालियो तयारी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निम्तो प्राप्त भएको छ। यो निम्तोलाई नेपाल सरकारले स्वीकार गरिसकेको छ र सोही अनुरूप आन्तरिक तयारी प्रक्रिया अघि बढाइएको छ। यद्यपि, सरकारले यस सम्बन्धमा औपचारिक घोषणा भने गरिसकेको छैन।

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय अनलाइन डब्ल्यूआईओएन (WION) सँगको विशेष कुराकानीमा यो जानकारी दिनुभएको हो। उहाँका अनुसार, भारतीय प्रधानमन्त्री मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्तो दिनुभएको थियो र प्रधानमन्त्री शाहले सो निम्तो सहर्ष स्वीकार गर्नुभएको छ।

Lagani Shiksha gif

यद्यपि, भ्रमणको मिति र समय भने अझै टुंगो लाग्न बाँकी छ। परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “हाम्रा प्रधानमन्त्री (बालेन शाह) ले बधाई सन्देशका साथै भ्रमणको निम्तो प्राप्त गर्नुभएको छ र उहाँले यसलाई स्वीकार पनि गर्नुभएको छ। तर, भ्रमणको मिति र समय सम्बन्धमा हाम्रा संयन्त्रहरूले निर्णय लिनेछन्।”

यसैबीच, परराष्ट्रमन्त्री खनालले गत शुक्रबार मौरिससमा भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा महत्वपूर्ण छलफल भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस