×
Lagani
Lagani Shiksha gif
एक्सेल डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद सेयर पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्ने



एक्सेल डेभलपमेन्ट बैंकले २९ मंसिरदेखि हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ ।

बैंकले २७ हजार २५७ दशमलव २० कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको हो ।  यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्रमा सहभागी जनाउन सक्नेछन् ।बैंकले यसअघि २५ असोजदेखि २१ कात्तिकसम्म २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता (३० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

Lagani Shiksha gif

सो अवधिमा बिक्री नभएको सेयर बैंकले अहिले पुनः लिलामीमा ल्याउने भएकाे हो । सो बोलपत्रमा आवेदन दिने अन्तिम म्याद ७ पुससम्म रहेको छ । यसमा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस बैंकको हालकाे चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि यसको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस