×
Lagani
Lagani Shiksha gif
रारा तालमा पहिलो पटक रक्तदान शिविर सम्पन्न



प्राकृतिक र पर्यटकीय दृष्टिकोणले भरिपूर्ण नेपालकै ठूलो ताल रारा मा ईतिहासमै पहिलोपटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कोहलपुर जेसिस,लायन्स क्लब अफ काठमाडौं ब्लड हुडको सहयोग तथा लायन्स क्लब अफ काठमाडौं साईकल सिटिको आयोजना,मुगु अस्पतालको सम्योजनमा भएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र तथा नेपालगन्ज शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।

Lagani Shiksha gif
sharehubapk रारा तालमा पहिलो पटक रक्तदान शिविर सम्पन्न

243062554 1015447239299375 4978095441003197777 n e1638759353395 रारा तालमा पहिलो पटक रक्तदान शिविर सम्पन्न

कार्यक्रममा ६५ जना भन्दा बढी साईकल यात्री,स्थानीय नेपाली सेना,नेपाल प्रहरी, पथ यात्री लगाएत स्थानीय संघ सस्थाहरुको सहभागिता र सहयोग पनि उल्लेखनीय रहेको थियो ।

 

नेपाल साईकल फेस्टिबल ” अबसर पारेर सुरु गरिएको साईकल यात्रा ईलामको श्री अन्तुबाट भाद्र २१ बाट सुरु भइ रारा तालमा रक्तदान गरि समापन भएको हो। जसमा बिश्व साईकल यात्री तथा लायन्स क्लब अफ काठमाडौं साईकल सिटि (३२५ ए२) का सस्थापक अध्यक्ष पुष्कर शाहले ६० औं पटक रक्तदान गरे भने अन्य दाताहरूमा पुसन ताम्राकार , लायन श्री राम ,पासाङ र मनिस थिए ।

यस कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ काठमाडौं ब्लड हुडका सस्थापक अध्यक्ष लायन राजिब श्रेष्ठले अझै रक्तदान कार्यक्रम बिश्वको अग्लो स्थानमा आयोजना गरि बिश्व जन मानसमा रगतको महत्त्वबारे जानकारी सहित ध्यानाकर्षण गर्न पहल गरिने बताए साथै सहयोगी संघ सस्था,रक्तदाताहरुको खुलेरै प्रशम्सा समेत गर्न भ्याउनु भयो।243223604 1285364341893072 7494780436280624353 n रारा तालमा पहिलो पटक रक्तदान शिविर सम्पन्न

243132043 245137707433179 2956973721778043050 n रारा तालमा पहिलो पटक रक्तदान शिविर सम्पन्न

247090342 581252399745803 4999837141296085012 n रारा तालमा पहिलो पटक रक्तदान शिविर सम्पन्न

242774885 191739882964166 3457125385736026963 n रारा तालमा पहिलो पटक रक्तदान शिविर सम्पन्न 243203330 665267537778606 8844115481713104070 n रारा तालमा पहिलो पटक रक्तदान शिविर सम्पन्न

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस