×
Lagani
Lagani Shiksha gif
एमालेलाई जनताको विश्वास हाेइन कुम्भ मेला चाहिएको छ : मन्त्री श्रेष्ठ



श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एमालेले जनताको विश्वास नचाहेको आरोप लगाएका छन् ।

एमालेले जनताको विश्वासभन्दा कुम्भ मेला चाहेको मन्त्री श्रेष्ठको जिकिर छ।तनहुँमा आज आयाेजित कार्यक्रममा उनले एमालेका अध्यक्ष एव‌ं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेर जनताको मतलाई कदर नगरेको पनि बताए । ‘घमण्डी र पाखण्डी नेताले दुई पटकसम्म संसद विघटन गरे ।

Lagani Shiksha gif
sharehubapk एमालेलाई जनताको विश्वास हाेइन कुम्भ मेला चाहिएको छ : मन्त्री श्रेष्ठ

अघिल्लो निर्वाचनमा देशभरका जनताले करिब दुई तिहाइ मत दिएर कम्युनिष्ट पार्टीलाई सरकार चलाउ भनेर मत दिईरहदा घमण्डी र पाखण्डी नेताहरूले दुई दुई पटकसम्म संसद विघटन गरेर जनताको मतलाई अपमान गरे ।नेकपा एमालेलाई अब गाउँगाउँमा पुगेर भोट माग्ने कुनै अधिकार छैन् । यसकारण एमालेलाई जनताको विश्वास चाहिएको छैन् ।

चाहिएको छ त कुम्भ मेला,’ उनको प्रस्टोक्ति थियो । उनले हालै चितवनको सौराहामा सम्पन्न नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनलाई कुम्भ मेलाको संज्ञा दिएका हुन् ।शुक्लागण्डकी नगरपालिका–३ को वडा कार्यालय भवन उद्घाटन गर्न आएका मन्त्री श्रेष्ठले एमालेले राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास अवलम्बन गर्न नसकेको टिप्पणी पनि गरे ।

‘चितवन महाधिवेशन कोटको खल्तीबाट नाम सरररररर पढेर सकियो । कमरेड भीम रावल, घनश्याम भूसाललगायतले यस्तो काम हुँदैन हामी चुनाव लड्छौ भन्दा धम्क्याउने, तर्साउने, चुनाव लड्न पाईदैन् भने । कहाँको प्रजान्त्रिक अभ्यास हो यो ? जनताको बिचमा जान सक्नुपर्छ,’ उनले भने ।

वडा कार्यालयको भवन निर्माण पूरा भएकाे डेढ वर्ष भइसकेकाे छ । कार्यालयले यहीबाट सेवा प्रवाह गर्न थालेकाे पनि झण्डै डेढ बर्ष भइसकेकाे छ । मन्त्री वडा कार्यालयमा आउने भएपछि दुलेगौंडा हर्कपुर मोटरमार्ग मर्मत गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस