×
Lagani
Lagani Shiksha gif
कक्षा १२ को नतिजा प्रकाशित , यहाँ बाट हेर्न सकिने।



राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ

। शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नजिता प्रकाशित  गरिएको हो । सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’,  ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५१५ परीक्षार्थीले ‘सी’, तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’, २९६ परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

Lagani Shiksha gif
sharehubapk कक्षा १२ को नतिजा प्रकाशित , यहाँ बाट हेर्न सकिने।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी थिए । नतिजा नेपाल टेलिकमको साइटदेखि हेर्न सकिन्छ।

यसैबीच कोरोनाभाइरस संक्रमणका कारण परीक्षा दिन छुटेका ४१ जना परीक्षार्थीहरूले गत बुधबारदेखि परीक्षा दिइरहेका बोर्डले जनाएको छ । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र नतिजा प्रकाशित गरिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस