×
Lagani
Lagani Shiksha gif
उर्जा मन्त्रीद्वारा देशकै सबभन्दा ठूलो अन्तर्देशीय प्रसारण लाइनको स्थलगत निरीक्षण



धनुषा, ५ भदौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठूलो विद्युत् सब स्टेशनको निरीक्षण गरेका छन्। 

 

Lagani Shiksha gif
sharehubapk उर्जा मन्त्रीद्वारा देशकै सबभन्दा ठूलो अन्तर्देशीय प्रसारण लाइनको स्थलगत निरीक्षण

निरीक्षणका क्रममा मन्त्री खड्काले सब स्टेशनबाट प्रवाह भैरहेको अन्तर्देशीय प्रसारण लाइनको अवस्था बारेमा विस्तृत जानकारी लिएका छन्।

 

मन्त्री खड्काले ढल्केवर ग्रीड सब स्टेशनका प्रमुख सूर्यनारायण मण्डलसँग छलफल गर्दै प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक कदमहरूको सन्दर्भमा निर्देशन पनि दिएका थिए। उनले विद्युत आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिन निर्देशन दिए ।

 

मन्त्री खड्काले ढल्केबर विद्युत सब स्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णयहरू लिने प्रतिबद्धता व्यक्त गरे ।

 

निरीक्षण भ्रमणमा नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव र अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए। भ्रमणले विद्युत प्राधिकरणको योजनाहरू र सम्भावित सुधारका उपायहरूलाई थप स्पष्ट र कार्यान्वयनयोग्य बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस