×
Lagani
Lagani Shiksha gif
म रकेटको स्पीडमा छु, कर्मचारी थोत्रा ट्वीनटर जस्ता छन् : मन्त्री प्रेम आले



संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् ।

बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताएका हुन् ।

Lagani Shiksha gif
sharehubapk म रकेटको स्पीडमा छु, कर्मचारी थोत्रा ट्वीनटर जस्ता छन् : मन्त्री प्रेम आले

पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् । आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भएपनि कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरेका हुन् ।

पर्यटन क्षेत्र पनि भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएको भन्दै पर्यटन प्रवर्द्धन र विकासका लागि राम्रोसँग काम गर्न नसकिएको उनले बताए । पदमार्ग निर्माणका लागि पनि एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्रष्टाचार भएको उनले गुनासो गरे ।

मन्त्री आलेले भने, ‘हामी पर्यटन विकासका कुरा गर्छौँ । ट्रेकिङ रुट राम्रो बनाउने भन्दै ढुङ्गा विछ्याउन बजेट आउँछ । १५ करोडको ठेक्का आउँछ । तर त्यो ठेक्का पाउन पहिले ढुङ्गा बिछ्याएकै हुनुपर्ने भन्ने क्राइटएरिया राखिन्छ । अनि अघिल्लो वर्ष जसले पाएको हो,त्यो मात्रै योग्य हुन्छ र बिना प्रतिष्पर्धा एक्लै उसले ठेक्का पाउने हुन्छ । यसो गर्दा यदि प्रतिष्पर्धा भएमा ७–८ करोडमा सकिने काम पूरै १५ करोड लाग्ने हुन्छ । यसो हुँदा राज्यलाई घाटा हुन्छ ।

म कर्मचारीलाई त्यसो नगर्न र योग्य सबै ठेकेदारले पाउने गरी क्राइटएरिया बनाउन भन्छु,तर मेरा कर्मचारी साथीहरु यो वा त्यो भन्छन् । म रकेटको स्पीडमा काम गर्न खोज्दैछु,मेरा कर्मचारी साथीहरु थोत्रा ट्वीनटरजस्ता छन् । अनि अलि बढी स्पिड बढाउँ न त भन्यो भने यो मन्त्रीले दुःख दियो,काम गर्न नसक्ने भयो भन्छन् ।’

नेपाल पर्वतारोहण संघले ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्दा त्यसको राजश्व सरकारले लिने गरेको भन्दै उक्त रकमको १० प्रतिशत मजदुरका लागि कल्याणकारी कोष बनाएर राख्न र आवश्यक पर्दा दिन आग्रह गरेका थिए । सो को जवाफमा मन्त्री आलेले राजश्वको १० प्रतिशत मजदुरका लागि छुट्याउन कुनै समस्या नभएको भन्दै त्यसका लागि पहल गर्ने र पहिलेका मन्त्रीले किन गर्न खोजेनन् भन्ने कुरा उनीहरुकै समस्या भएको पनि बताए ।

साथै पर्यटन क्षेत्र लयमा फर्किन अझै समय लाग्ने भएकाले पर्यटन क्षेत्र र पर्यटन मजदुरका आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि मन्त्री आलेले बताए ।

पर्यटनमन्त्री आले यसअघि वनमन्त्री भएका बेला अनियन्त्रित अभिव्यक्तिका कारण चर्चित भएका थिए । मन्त्री आलेले कहिले यो सरकार जनताप्रति उत्तरदायी सरकार होइन त कहिले सरकारको स्पिड सात नम्बरको गेयरमा चलिरहेको छ र सोझै समुद्रमा पुग्ने हो भन्दै अभिव्यक्ति दिएका थिए । त्यसैगरी वनमन्त्री हुँदा उनले रुखलाई मानिसले अक्सिजन दिने कुरा गरेका थिए भने कोभिड १९ को संक्रमण बढेको बेला चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका थिए । जसका कारण मन्त्री आले चर्चा र विवादमा तानिएका थिए ।

पर्यटन मजदुरलाई जापान फाउण्डेसनको २ करोड ५० लाख सहयोग

कोभिड १९ का कारण पर्वतीय पर्यटन क्षेत्रका मजदुरलाई आर्थिक समस्या परेको भन्दै नेपाल पर्वतारोहण संघको आग्रहमा जापानको निप्पोन फाउण्डेसनले २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । त्यसमा नेपाल पर्वतारोहण संघले पनि केही रकम थप गरी ३ हजार पर्वतीय पर्यटनका मजदुरलाई वितरण गर्ने भएको छ ।

नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङका अनुसार करिब ११ हजार पर्वतीय पर्यटन मजदुरमध्ये अत्यावश्यक भएका तीन हजार मजदुरलाई प्रतिव्यक्ति ५० अमेरिकी डलर बराबरको सहयोग गर्न लागिएको हो । त्यसका लागि महिला,एकल महिला,हिमाल आरोहणका क्रममा अङ्गभङ्ग भएका,हिमाल चढ्दा चढ्दै बुढो भएका र २०१९ बाट कुनै पनि हिमाल आरोहण गर्न नपाएका मजदुरहरुलाई प्राथमिकताका आधारमा उक्त सहयोग वितरण गरिने छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
jay bhola shrestha
Guest
jay bhola shrestha
December 3, 2021 11:35 am

जे होस् , मन्त्री आलेज्युले केही न केहि गर्छ भन्ने आशा पलाएको छ । शुभकामना !!!



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस