×
Lagani
Lagani Shiksha gif
बिधिसम्मत न्यायिक प्रणालीवाट सुशाषन र अमनचयन कायम हुन्छ: राष्ट्रपति भण्डारी



काठमाडौं, २७ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका वेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताएका छन् ।

 

Lagani Shiksha gif
sharehubapk बिधिसम्मत न्यायिक प्रणालीवाट सुशाषन र अमनचयन कायम हुन्छ: राष्ट्रपति भण्डारी

नेपाल कानून व्यवसायी परिषद्को ३२ औं स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने कुरालाई बिर्सन नमिल्ने बताएका हुन् ।

 

उनले भने, ‘विधिको पूर्ण पालना गरी न्यायपूर्ण रितिथिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ।’

 

राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै  जहाँसुकैका जोकोही भएपनि कानून व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पारे ।

 

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनामा कानून व्यवसायीले पु¥याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईँहरूको अझै प्रभावकारी भूमिका रहने उनले विश्वास व्यक्त गरे ।  

 

राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्याय पाउने हकलाई साकार रुप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आवश्यक पर्ने बताए।

 

उनले परिषद्ले आधुनिक समयको माग र जनचाहनाअनुरुप यस प्रकारको उच्च व्यावसायिक दक्षता, नैतिकता एवम् यस क्षेत्रका मूल्यमान्यता र जवाफदेहिता वहन गर्ने कानून व्यवसायी तयार गर्नुपर्ने गुरुत्तर दायित्व निर्वाहमा कुनै कसर बाँकी राख्दैन भन्नेमा आफू विश्वस्त रहेको बताए । 

 

राष्ट्रपति पौडेलले परिषद्ले कानून व्यवसायीको इजाजत प्राप्तिको लागि लिने परिक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानून व्यवसायीको क्षमतालाई सिधै प्रतिविम्बित गर्ने भन्दै व्यावसायिक आचरणको अक्षरशः पालनाले यो पेशाको मर्यादा अभिवृद्धि गर्ने हुँदा यसको पालना भए नभएको निरन्तर निगरानी गर्नेतर्फ परिषद् सचेत र चनाखो रहनुपर्ने सुझाव दिएका छन् । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस