×
Lagani
Lagani Shiksha gif
वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो



काठमाडौं, १९ साउन । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो शतप्रतिशत हकप्रद शेयरको आवेदन दिने समयसीमा आगामी भदौ ३ गतेसम्म लम्ब्याएको छ। कम्पनीले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासनमा लागेको थियो।

कम्पनीले १ः१ को अनुपातमा, अर्थात् एक कित्ता कायम शेयरधनीलाई एक कित्ता हकप्रद शेयरको दरले कुल ५३ लाख ५८ हजार १५० कित्ता शेयर जारी गरिरहेको छ। प्रति शेयर मूल्य १०० रुपैयाँ कायम गरिएकोले कुल निष्कासन रकम ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबर हुनेछ।

Lagani Shiksha gif
sharehubapk वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो

जेठ २१ गतेसम्म नेप्सेमा शेयर कारोबार भई नाम दर्ता भइसकेका लगानीकर्ताले मात्रै हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

आवेदन दिने स्थान

लगानीकर्ताहरूले निम्न माध्यमबाट आवेदन दिन सक्नेछन्ः

आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड — शेयर निष्कासन तथा बिक्री प्रबन्धक

राष्ट्रिय वाणिज्य बैंकका निम्न शाखाहरूः

विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी, धरान

सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिन्छ

मेरो शेयर (Mero Share) अनलाइन प्रणाली प्रयोग गरी पनि घरबाटै सहज रूपमा आवेदन दिन सकिनेछ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस