×
Lagani
Lagani Shiksha gif
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय साउन २० सम्म थप



काठमाडौं, साउन १३ ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हालै निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि साउन २० गतेसम्म थप गरिएको छ। कम्पनीले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

कम्पनीले कायम शेयरधनीहरूलाई १०ः४.२ को अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेको छ। यसअनुसार, इन्स्योरेन्सले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य रू. १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ हुन्छ। हरेक शेयरको अंकित मूल्य रू. १०० तोकिएको छ।

Lagani Shiksha gif
sharehubapk एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय साउन २० सम्म थप

यसका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। सो अनुसार, जेठ १४ गतेसम्म नेप्सेमा शेयर खरिद गरी नाम दर्ता गरेका लगानीकर्ताले मात्र आवेदन दिन पाउने छन्।

शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक शेयरधनीहरूले निम्न स्थानहरूबाट आवेदन दिन सक्नेछन्ः

* मुक्तिनाथ क्यापिटल लिमिटेड

* मुक्तिनाथ विकास बैंकका शाखाहरूः बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुंगा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, र बुटवल

* एशियन लाइफ इन्स्योरेन्सको कार्यालयहरू

त्यसैगरी, सी–आस्वा प्रणाली अन्तर्गत ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म तथा धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिने सुविधा उपलब्ध छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस