×
Lagani
Lagani Shiksha gif
सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १३८ रूपैयाँभन्दा माथि



काठमाडौ, साउन १२ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 

Lagani Shiksha gif
sharehubapk सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १३८ रूपैयाँभन्दा माथि

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ १३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ । 

सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १६२ रूपैयाँ १९ पैसा र बिक्रीमूल्य १६२ रूपैयाँ ९० पैसा तोकिएको छ । 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८५ रूपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रूपैयाँ ४३ पैसा कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ७० र बिक्रीदर ९१ रूपैयाँ १० पैसा र क्यानेडियन डलर एकको खरिददर भने १०० रूपैयाँ ८१ पैसा र बिक्रीमा १०१ रूपैयाँ २५ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २७ पैसा तथा बिक्री दर १९ रूपैयाँ ३५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९८ पैसा तथा बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ७९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ९६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रूपैयाँ ८६ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ९० पैसा र बिक्रीदर ४५४ रूपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ९८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस