×
Lagani
Lagani Shiksha gif
आईटी आर्मीको चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईयो



काठमाडौं, ५ साउन । 

आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीको चौथो स्थापना दिवसको अवसरमा आज (सोमबार) बिभिन्न कार्यक्रम गरी देशैभरी मनाइदैछ । पार्टीको युवा संगठनले आज देशैभरी बिभिन्न रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाएका छन् । 

Lagani Shiksha gif
sharehubapk आईटी आर्मीको चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

 

 

काठमाडौं सहित देशैभरी बिभिन्न मठमन्दिरमा सरसफाई गरिएको छ । अस्पतालहरुमा विरामीलाई फलफुल वितरणका साथै खानेपानी वितरण कार्य गरिएको छ । यस्तै बृक्षारोपनका साथै आजै साझ बिभिन्न ठाउँमा दिप प्रज्वलन कार्यक्रम समेत राखिएको आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले जनाएका छन् । 

 

बाराको काटघाट स्थित शिवमन्दिरमा भक्तजनहरुलाई जुस वितरण गरिएको छ । आजपा एवं आइटी आर्मीका नेताकार्यकर्ताले मन्दिरमा पुगेर भक्तजनहरुलाई जुस वितरण गरेको छ । 

 

काठमाडौं स्थित आजपा केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आइटी आर्मीको स्थापना दिवसको अवसरमा मिठाई खुवाएर शुभकामना व्यक्त गरेका छन् ।

 

आजपा अध्यक्ष साहले युवाहरुमा राजनीतिप्रति सकारात्मक सोच अभिबृद्धि भई देश बदलावका लागि जारी दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलन छिटै नै सफल हुने विश्वास व्यक्त गरेका छन् । 

 

‘२१ औ शताब्दीको डाटा पुंजीवादको युगमा नेपालको श्रेष्ठता माथी उठाऊने संकल्प सहित गठित हाम्रो गौरवशाली संगठन आईटी आर्मीको ४ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै युवाहरूमा राजनीतिप्रति सकारात्मक सोंच अभिवृद्धि भई देश बदलावका लागि जारी दलतन्त्र बिरुद्धको तेश्रो जनआन्दोलन छिटै सफल हुने बिश्वास व्यक्त गर्दछु,’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

यस्तै आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले अबको परिवर्तन दलतन्त्रको बिरुद्ध, जनतन्त्रको पक्षमा हुने, अबको क्रान्ति केवल गाली र घृणामा होइन, ज्ञान र नेतृत्वमा आधारित हुने, अबको आन्दोलन तेश्रो जनआन्दोलन हुनेछ, जुन राष्ट्रको नवनिर्माणको आधार हुने विश्वास व्यक्त गरेका छन् । 

‘आजको २१औं शताब्दी भनेको प्रविधिमैत्री डाटा पुँजीवादको युग हो – जहाँ सूचना नै शक्तिको स्रोत हुन्छ । यही यथार्थलाई आत्मसात गर्दै राष्ट्रको स्वाभिमान, स्वाधीनता र श्रेष्ठता सहित सामाजिक न्यायमा आधारित समावेशिता, सुशासन, बदलाव, विकास र समृद्धिका लागि स्थापित हाम्रो गौरवशाली संगठन आईटी आर्मीको आज हामी चौथो वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्तरोत्तर प्रगति, स्वस्थ जीवन र सशक्त नागरिक चेतनाको असिम शुभकामना व्यक्त गर्दछु । यस संगठनको स्थापना केवल प्रविधिमा दक्ष युवाको निर्माण मात्र होइन, राजनीतिप्रति सकारात्मक एवं सृजनशील सोच र शैलीमा अभिवृद्धि गर्दै  एक नविन, नेतृत्वदायी र नतिजामुखी नयाँ नेपाल निर्माणको आधार खडा गर्नु पनि हो,’ आइटी आर्मीका अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस