×
स्रोत नखुलेको ३ लाखसहीत भारतीय नागरिक पक्राउ



सञ्जय मिश्रा

रौतहट २ साउन। रौतहटको सदरमुकाम गौर स्थित प्रहरीले स्रोत नखुलेको लाखौं रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारत बिहार जिल्ला सीतामढी बैरगनिया नगरपालिकाको १३ बाबालाल दास मठ टोल बस्ने बर्ष ४५ को महेश कुमार लाई अबैध रकम सहित प्रहरीले पक्राउ गरेको हो। 

निजको साथबाट प्रहरीले नेपाली ३ लाख रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्युज कारखानालाई बताए । 

अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले  गौर नगरपालिका २ महादेवपट्टी टोल स्थित  भारतबाट नेपाल तर्फ पैदल आउने क्रममा संका लागि  चेकजाँच गर्दा निजको पाईन्टको पकेट भित्र लुकाई छिपाई राखिएको अवस्थामा नेपाली ३  लाख रूपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार सार्वजनिक गरेको छ।

उक्त रकमको आवश्यक कागजातहरु माग गर्दा देखाउन नसकेको हुँदा बरामद रकमसहित भारतीय नागरिक महेशकुमारलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस